नियम १०
प्राविधिक समितिको काम, कर्तव्य र अधिकार
: (१) प्राविधिक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) रुग्णताको मापदण्ड तयार गर्ने,
(ख) रुग्ण उद्योगको यथार्थ स्थितिको विश्लेषण गरी रुग्णता पहिल्याउने,
(ग) रुग्ण उद्योगको पुनरुत्थानको लागि पुर्‍याउनु पर्ने वित्तीय तथा गैर वित्तीय सहयोगको किसिम तयार गर्ने,
(घ) रुग्ण उद्योगलाई रुग्णताका आधारमा पुर्‍याउनु पर्ने वित्तीय तथा गैर वित्तीय सहयोग पहिल्याउने,
(ङ) समितिले तोकेको अन्य आवश्यक कार्य गर्ने ।